Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् । मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा यसक्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका हुन् ।
उनले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए । निर्माणका समयमा कुनै समस्या देखिए तत्काल मन्त्रालयमा जानकारी गराउन उनले आग्रह गरे ।
मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडक विभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनका निम्ति पुगेका थिए ।
सिद्धार्थ राजमार्गमा निर्माणाधीन सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ०८३ चैतभित्र निर्माण सकाउने गरी सुरुङमार्गको काम गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij