Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले २० दिन बिदा ल्याएकी छन् ।
प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा नियुक्त भएपछि मल्लले २० दिनको बिदा लिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
मल्ल आफूभन्दा कम वरीयताका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएदेखि नै असन्तुष्ठ थिइन् । मंगलबार शर्माले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि मल्ल बिदामा बसेकी हुन् ।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अवकाशमा गएपछि मल्लले वरिष्ठतम्का आधारमा कायममुकायम प्रधानन्यायाधीशको भूमिका निर्वाह गरेकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij