Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । जिल्लामा रहेका एम्बुलेन्सहरू मध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन्।
जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो। अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन्।
कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिए। उनका अनुसार जिल्लामा ९३ वटा एम्बुलेन्स दर्ता रहेका छन्।
ती सबैलाई अध्यावधिक गर्न आग्रह गरिएको थियो। अध्यावधिक भएका एम्बुलेन्सहरू ख र ग वर्गका हुन्। जिल्लामा अहिले क वर्गका एम्बुलेन्सहरू नरहेको उनले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij