Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पेट्रोलियम पदार्थमा लगाइएको दोहोरो कर घटाई जनतालाई राहत दिन एमालेको माग

पेट्रोलियम पदार्थमा लगाइएको दोहोरो कर घटाई जनतालाई राहत दिन एमालेको माग

  • काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गरेको छ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले यस्तो माग गरेकी हुन्।

    AGNI GROUP

    उनले सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर कायम गर्दै विपन्न र विद्यार्थीका लागि विशेष सहुलियत प्रणाली लागू गरियोस् र ढुवानी भाडा नियन्त्रण गर्न, गरिब, श्रमिक र मध्यम वर्गलाई लक्षित गरी विशेष राहत प्याकेज, नगद सहायता वा अत्यावश्यक उपभोग्य वस्तुमा सहुलियतको व्यवस्था गर्न माग गरिन्।

    मूल्यवृद्धिको बहानामा भइरहेको कृत्रिम अभाव, कालाबजारी र कार्टेलिङ अन्त्य गर्न बजार अनुगमन कडा पार्न, धान रोपाइँलाई प्रभावित हुन नदिन स्थानीय तहसँग समन्वय गरी देशभर तत्काल मलको आपूर्ति र न्यायोचित वितरणको व्यवस्था मिलाउन माग गरिन्।

    उनले भनिन्, ‘महँगी, अभाव र मलको हाहाकारले थलिएका जनताको छटपटीलाई राज्यले कम्तीमा सिंहदरबारभित्र महसुस गरोस्। राती भोकै चुलो निभाएर बस्न बाध्य परिवारको आँसु र मल नपाएर छटपटिएका नागरिकको वेदना, अनि अन्धकार भविष्य देखिरहेका युवाहरूको आक्रोशलाई यो सरकारले हल्का रूपमा नलियोस्। सरकारले तत्काल यी मागहरू पूरा गरोस्।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट