Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिपक्षीहरूले सदन अवरूद्ध गरेपछि प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार गए सभामुख अर्याल

प्रतिपक्षीहरूले सदन अवरूद्ध गरेपछि प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार गए सभामुख अर्याल

  • काठमाडौ ।  प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन माग गर्दै प्रतिपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डिपी अर्याल प्रधानमन्त्रीलाई भेट्न गएका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रतिपक्षीहरूले नियमावली कार्यान्वयन निम्ति दबाब दिन संसद बैठक अवरूद्ध गरेपछि सभामुख अर्याल बैठक १५ मिनेटका लागि स्थगन गरी प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन्। 

    AGNI GROUP

    दुईबीच छोटो भेटवार्ता भएको रास्वपाका एक नेताले जानकारी दिए।

    'सभामुखले अहिले दलका प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरिरहनुभएको छ,' ती नेताले भने।

    प्रतिनिधिसभा नियमावलीमा उल्लिखित प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमु सम्बन्धी व्यवस्था अनदेखा गरेर अघि बढ्न खोजेपछि सभामुख अर्याल अप्ठ्यारोमा परेका छन्।

    प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा हरेक महिनाको पहिलो साता कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। त्यो दिन प्रश्नोत्तर हुन नसके सभामुखले अर्को मिति तोक्न सक्ने भनिएको छ।

    नियमावली अनुसार प्रश्नोत्तरको समय सभामुखले निर्धारण गर्नुपर्ने हो। तर जेठ पहिलो साता चार दिनसम्म बैठक चलिसक्दा पनि सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहसँग प्रश्नोत्तरका लागि समय निर्धारण गरेका छैनन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दागर्दै संसद बैठक छाडेर हिँडेका र त्यसपछि प्रतिपक्षीहरूको लगातार विरोध र बहिष्कारका बाबजुद संसदमा उपस्थित नभएका प्रधानमन्त्री बालेनलाई यो नियम अनुसार संसदमा प्रश्नहरू सामना गर्न उपस्थित गराउनुपर्ने भन्दै प्रतिपक्षी सांसदहरूले बिहीबार विरोध जनाएका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट