Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इतिहासकै ठूलो आईपीओ आउँदै

इतिहासकै ठूलो आईपीओ आउँदै

  • काठमाडौँ । एलोन मस्कको रकेट तथा उपग्रह कम्पनी स्पेसएक्स शेयर बजारमा सूचीकृत हुने तयारीमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो प्रक्रिया सफल भए वाल स्ट्रिट इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन बन्न सक्ने अनुमान मात्र गरिएको छैन एलोन मस्क चाँडै संसारकै पहिलो खर्बपति बन्ने सम्भावना समेत बढेको छ ।

    AGNI GROUP

    सूचीकरणपछि मस्कको कुल सम्पत्ति एक खर्ब अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने बताइएको छ । फोब्र्स अर्बपति सूचीअनुसार हाल मस्क ८०७ अर्ब अमेरिकी डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी व्यक्ति हुन् ।

    कम्पनीले ‘एसपिसिएक्स’ संकेत चिह्नअन्तर्गत सूचीकृत हुने योजना सार्वजनिक गरेको छ । यससँगै कम्पनीको आर्थिक नेतृत्व र स्वामित्व संरचनासम्बन्धी जानकारी पहिलो पटक बाहिर आएको छ ।

    स्पेसएक्सले आफ्नो मूल्यांकन १.२५ खर्ब अमेरिकी डलर गरेको छ । यस मूल्यांकनका आधारमा कम्पनीमा रहेको मस्कको बहुमत हिस्साको मूल्य ६०० अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्छ । अहिलेको सम्पत्तिसँग यो मूल्य जोडिँदा मस्कको कुल सम्पत्ति एक खर्ब डलर नाघ्न सक्ने अनुमान गरिएको हो ।

    मस्क गत वर्ष ५०० अर्ब डलर सम्पत्ति पार गर्ने संसारकै पहिलो व्यक्ति बनेका थिए । उनी विद्युतीय सवारी निर्माण कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । स्पेसएक्समा साधारण र विशेष श्रेणीका शेयरमार्फत मस्कसँग ८५.१ प्रतिशत मतदान अधिकार रहेको छ ।

    प्रारम्भिक सार्वजनिक निष्कासनसम्बन्धी कागजातमार्फत कम्पनीको नेतृत्व संरचना पनि सार्वजनिक भएको छ । मस्क कम्पनीका अध्यक्ष हुन् भने ग्विन सटवेल अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत छन् । अन्य सञ्चालकमा प्रमुख वित्तीय अधिकृत ब्रेट जोनसन, लगानीकर्ता र्यान्डी ग्लेन, स्टिभ जर्भिटसन, लुक नोजेक, इरा एहरेनप्रेइस, एन्टोनियो ग्रासियस तथा गुगलका अधिकारी डोनाल्ड ह्यारिसन रहेका छन् ।

    मस्कले सन् २०१९ देखि वार्षिक ५४ हजार ८० अमेरिकी डलर निश्चित तलब लिँदै आएका छन् । तर कम्पनीले मस्कलाई ६ करोड ६६ लाखभन्दा बढी शेयर १५ किस्तामा दिन सकिने जनाएको छ । त्यसका लागि कम्पनीको मूल्यांकन ७। ५ खरब डलर पुग्नुपर्ने र कम्तीमा १० लाख मानिससहित मंगल ग्रहमा स्थायी मानव बस्ती सफलतापूर्वक स्थापना हुनुपर्ने शर्त राखिएको छ ।

    यी दुवै शर्त पूरा भए र मस्क कम्पनीमा कार्यरत रहे मात्र ती शेयर प्रदान गरिने कम्पनीले जनाएको छ । यसबाहेक यस वर्ष कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईसँगको एकीकरणपछि मस्कको पुरानो पारिश्रमिक व्यवस्था हटाएर ३० करोड २० लाख शेयर बराबरको नयाँ सुविधा घोषणा गरिएको छ । यो सुविधा भविष्यको मूल्यांकन लक्ष्य तथा वार्षिक १०० टेरावाट क्षमता भएका तथ्याङ्क केन्द्र सञ्चालनसँग जोडिएको छ ।

    मस्कले सन् २००२ मा स्पेसएक्सलाई रकेट कम्पनीका रूपमा स्थापना गरेका थिए । कम्पनीले सन् २०२१ मा स्टारलिंक उपग्रह इन्टरनेट सेवा सुरु गर्दै दूरसञ्चार क्षेत्रमा विस्तार गरेको थियो । कम्पनीले २७७ पृष्ठको विवरणपत्रमा कृत्रिम बौद्धिकता, उपग्रह सञ्चार र अन्तरिक्ष अनुसन्धानलाई दीर्घकालीन लक्ष्यका रूपमा अघि सारेको छ । कम्पनीले जीवनलाई बहुग्रहीय बनाउने र ब्रह्माण्डको वास्तविक स्वरूप बुझ्ने आफ्नो उद्देश्य रहेको जनाएको छ ।

    स्पेसएक्सले स्टारलिंक सञ्जालका लागि तीव्र रूपमा उपग्रह निर्माण तथा प्रक्षेपण जारी राख्ने बताएको छ । साथै सूर्यको ऊर्जाबाट सञ्चालन हुने सत्य खोज्ने कृत्रिम बौद्धिकता विकास गरी वैज्ञानिक खोजलाई अघि बढाउने, चन्द्रमामा आधार केन्द्र निर्माण गर्ने तथा अन्य ग्रहमा शहर बसाउने योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले सम्भावित बजार अवसर २८.५ खर्ब अमेरिकी डलर रहेको जनाएको छ । यसमध्ये अन्तरिक्षसम्बन्धी सेवामा ३७० अर्ब डलर, स्टारलिंकमार्फत सञ्चार सेवामा १.६ खरब डलर र कृत्रिम बौद्धिकतामा २६.५ खरब डलरको अवसर रहेको कम्पनीको दाबी छ ।

    कृत्रिम बौद्धिकता क्षेत्रअन्तर्गत अन्तरिक्षमा तथ्याङ्क केन्द्र सञ्चालनबाट २.४ खर्ब डलर, उपभोक्ता सदस्यताबाट ७६० अर्ब डलर, डिजिटल विज्ञापनबाट ६०० अर्ब डलर तथा व्यावसायिक प्रयोगबाट २२.७ खर्ब डलर आम्दानी हुन सक्ने अनुमान गरिएको छ । स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज नामक कम्पनीले गत वर्ष १८. ६ अर्ब डलर आम्दानी गरेको थियो । तर कम्पनीलाई ४.९ अर्ब डलर खुद घाटा भएको थियो ।

    सिएनएनका अनुसार यस वर्षको पहिलो तीन महिनामै कम्पनीले ४. ७ अर्ब डलर बिक्री गरे पनि ४. ३ अर्ब डलर घाटा व्यहोरेको छ । कम्पनीसँग रकेट तथा अन्य उपकरणसहित १०२ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ भने ६०.५ अर्ब डलर ऋण रहेको बताइएको छ । कृत्रिम बौद्धिकता र उपग्रह सञ्चालन विस्तारका कारण कम्पनीको खर्च तीव्र रूपमा बढेको छ ।

    गत वर्ष कम्पनीले २०.७ अर्ब डलर खर्च गरेको थियो । त्यसमध्ये १२.७ अर्ब डलर कृत्रिम बौद्धिकता पूर्वाधारमा खर्च गरिएको थियो । त्यस्तै ४. २ अर्ब डलर स्टारलिंकमा तथा ३. ८ अर्ब डलर रकेट र अन्य अन्तरिक्ष परियोजनामा खर्च गरिएको थियो । यो खर्च सन् २०२४ को तुलनामा झण्डै दोब्बर हो ।

    यस वर्षको पहिलो त्रैमासिकमै कम्पनीले १०. १ अर्ब डलर खर्च गरिसकेको छ । त्यसमध्ये ७.७ अर्ब डलर कृत्रिम बौद्धिकतासम्बन्धी परियोजनामा खर्च भएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट