Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हुनेखानेलाई वृद्धभत्ता नदिने तयारीमा सरकार

हुनेखानेलाई वृद्धभत्ता नदिने तयारीमा सरकार

  • काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आर्थिक सुधार, खर्च नियन्त्रण र उत्पादनमुखी अर्थतन्त्रबारे सुझाव लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीहरूले लोकप्रियभन्दा कार्यान्वयनमुखी बजेट ल्याउन जोड दिएका छन् ।

    AGNI GROUP

    पूर्व अर्थमन्त्रीहरूले सामाजिक सुरक्षा भत्ता लक्षित वर्गमा सीमित गर्न, हुनेखानेलाई वृद्धभत्ता नदिन, भ्याट एकलदर कायम गर्न, अनावश्यक सरकारी खर्च कटौती गर्न तथा निजी क्षेत्रको मनोबल बढाउने नीति लिन सुझाव दिएका हुन् ।

    उनीहरूले राष्ट्रिय गौरवका सीमित आयोजना प्रभावकारी रूपमा अघि बढाउन, कृषि र पर्यटनलाई प्राथमिकता दिन, उद्योग तथा खानी क्षेत्रमा लगानी बढाउन र सार्वजनिक संस्थान सुधार वा निजीकरणतर्फ जान सरकारलाई आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट