Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ मा भएको ढुंगा खानी दुर्घटनापछि प्रतिनिधि सभा सदस्य आशिका तामाङ र थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यबीच विवाद भएको छ ।
ढुंगाखानीमा ढुंगा खस्दा ट्रिपर चालक दीपेन्द्र खत्रीको मृत्यु भएको घटनापछि मृतकको परिवार भेट्न पुगेकी सांसद तामाङले गाउँपालिका अध्यक्ष आचार्यलाई जिम्मेवारीबारे प्रश्न गर्दै कडा प्रतिक्रिया दिएकी हुन् ।
सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा तामाङले खानी सञ्चालन र नियमनमा लापरबाही भएको आरोप लगाउँदै अध्यक्ष आचार्यलाई माफी माग्न दबाब दिइरहेको देखिन्छ । उनले “सानो मान्छे देखेर हेपेको कि के होरु” भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।
तर गाउँपालिका अध्यक्ष आचार्यले खानी सञ्चालनमा स्थानीय तहको स्वीकृति नरहेको दाबी गर्दै आफ्नो कुनै गल्ती नभएको स्पष्ट पारेका छन् ।
विवाद चर्किएपछि घटनास्थलबाट बाहिरिने क्रममा पनि सांसद तामाङले स्थानीयलाई अध्यक्षलाई नियन्त्रणमा राख्न आग्रह गरेको भिडियोमा देखिएको छ । घटनाले स्थानीय स्तरमा थप चर्चा पाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij