Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाले सार्वजनिक गर्‍याे राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका

रास्वपाले सार्वजनिक गर्‍याे राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा तय गरिएको हो।

    AGNI GROUP

    केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रअनुसार ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

    जसअनुसार आगामी जेठ १५ गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ १० गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ।

    कार्यतालिकाअनुसार स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र सङ्कलन गरिनेछ भने महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने अन्तिम समय जेठ २५ गतेसम्म तोकिएको छ । यस्तै, जिल्ला सभापतिहरूले जेठ मसान्तभित्र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

    महाधिवेशनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ रास्वपाले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी समेत गरेको छ । यससम्बन्धी छलफल र प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको विवरण पेस गर्ने कार्य आगामी असार ५ गतेभित्र सम्पन्न गरिने कार्यतालिकामा उल्लेख छ ।

    705482078_1470864441722529_8844759260608155756_n.jpg
    undefined

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट