Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

  • काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–१२ लौकट टोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहान करिब २ बजे अपरिचित व्यक्ति भरुवा बन्दुक बोकी हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।

    AGNI GROUP

    खोजतलासका क्रममा ३-४ जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेका थिए । सो क्रममा एक जनालाई नियन्त्रणमा लिन प्रहरीले सफलता पाएको हो । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–२ सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलान छन् ।

    प्रहरीले घलानको साथबाट भरुवा बन्दुक एक थान, बन्दुकमा प्रयोग हुने फलामको रड एक थान, कालो रंगको धुलो पदार्थ १ सय ७५ ग्राम, साइकलमा प्रयोग हुने फलामको बल ८० थान तथा फलामको रडका टुक्रा ५ थान बरामद गरेको जनाएको छ ।

    बरामद सामग्री स्थानीयको रोहवरमा मुचुल्का उठाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका घलानमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट