Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

  • काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीले पाएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई जिम्मेवारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘आज पत्र लिएर आयोग पुगेको छु । अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी पाएको छु,’ डा. गिरीले अनलाइनखबरसँग भने ।

    AGNI GROUP

    सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।

    डा. गिरी आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । आयोगको स्थापना भएपछि पहिलो उपाध्यक्ष रहेका उनले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट