Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महोत्तरीको गौशालामा डोजर आतंक रोक्न सांसद यादवको माग

महोत्तरीको गौशालामा डोजर आतंक रोक्न सांसद यादवको माग

  • काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले महोत्तरीको गौशाला नगरपालिका ५ का ३४ घरधुरीमाथि भइरहेको डोजर आतंक तत्काल रोक्न सरकारसँग माग गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषय केवल ३४ घरधुरीको बसोबाससँग मात्र सम्बन्धित नभई संविधानले प्रत्याभूत गरेको गाँस, बास र कपासको अधिकार, मानवताको सम्मान, कानुनी शासन तथा लोकतान्त्रिक मूल्यमान्यतासँग जोडिएको बताइन् ।

    AGNI GROUP

    उनले भनिन्, ‘गौशाला नगरपालिका-५ को बजार क्षेत्रमा २०२८ सालअघि स्थायी बजार नभएको र स्थानीय तहका तत्कालीन संरचनाले बजार व्यवस्थापन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउन कित्ता नम्बर ११५ को जग्गा स्थानीय बासिन्दालाई भोगचलनका लागि दिएको छ। त्यसयता निरन्तर रूपमा बहाल उठाइएको, कर संकलन गरिएको, पक्की घर निर्माण अनुमति दिइएको तथा नक्सा पास र मालपोत प्रयोजनका लागि सिफारिससमेत हुँदै आएको छ।’

    सर्वोच्च अदालतको निर्णय विपरीत सूचना टाँस गर्ने, डोजर चलाउने चेतावनी दिने तथा स्थानीय परिवारलाई मानसिक तनाव दिने कार्य भइरहेको बताइन्। मानसिक तनावका कारण ६२ वर्षीय विनोद साहको हृदयघातबाट निधन भएको दाबी गरिन् ।

    सरकारबाट भइरहेको जबरजस्ती हटाउने कार्य तत्काल रोक्न, त्यहाँ बसोबास गरिरहेका ३४ घरधुरीको कानुनी, मानवीय तथा संवैधानिक अधिकारको संरक्षण गर्न र प्रभावित परिवारसँग संवादमार्फत समाधान खोज्न माग गरिन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट