Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेशमा मन्त्रालयको भागबण्डामा विवाद

मधेशमा मन्त्रालयको भागबण्डामा विवाद

  • काठमाडौं । मधेश प्रदेश सरकार विस्तारमा सत्ता गठबन्धन दलहरुमा विवाद भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालय भागबण्डामा विवाद भएपछि सोमबार गरिने भनेको सरकार स्थगित भएको छ । सोमबार नेकपा एमालेका शारदा थापा, मनोज सिंह र लखन लाल दासले शपथ लिने तयार गरेको अवस्थामा सत्ता साझेदार दल नेकपाले असन्तुष्टि जनाएपछि सरकार विस्तार रोकिएको हो ।

    AGNI GROUP

    नेकपाले अर्थ मन्त्रालयसहित चार मन्त्रालयको अडान राखेको बताइएको छ भने भागबण्डामा नेकपालाई अर्थसहित तीन मन्त्रालय दिने सहमति भएको बताइएको थियो । त्यस्तै एमालेले चार मन्त्रालय र कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालयको सहमति भएको थियो ।

    मधेशमा यसअघि सत्ता साझेदार रहेका जनमत र जसपा नेपाललाई बाहिर राख्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत सोमबार नेकपा एमाले र नेकपाको समर्थनमा विश्वासको मत लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट