Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वीरगंजका मेयर राजेशमान सिंह बिहानै अदालतमा हाजिर

वीरगंजका मेयर राजेशमान सिंह बिहानै अदालतमा हाजिर

  • काठमाडौँ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आफ्नो मुद्दामा अदालतबाट म्याद जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउन स्वेच्छाले अदालतमा उपस्थित भएको मेयर सिंहले बताए ।

    AGNI GROUP

    यद्यपि, मुद्दाको चाप बढी रहेका कारण आज उनको मुद्दामा सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत स्रोतले जनाएको छ । सुनुवाइ नहुने भएपछि मेयर सिंह अदालतबाट फर्किएका छन् ।

    जिल्ला अदालत पर्साले सिंहविरूद्ध नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको जनाएको छ ।

    अदालतले यही मुद्दामा राजेशमानकी श्रीमती र वीरगंज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई समेत पक्राउ पुर्जी जारी गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट