Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मीनभवनस्थित निजामती कर्मचारी अस्पताल का कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
प्राडा रेग्मी गत २८ फागुन २०८१ मा चार वर्षे कार्यकालका लागि अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। तर पछिल्लो राजनीतिक परिस्थितिमा आएको परिवर्तनसँगै उनले कार्यकाल बाँकी रहँदै पद त्याग गरेका हुन्।
उनको राजीनामापछि अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा। रविप्रकाश शर्मालाई दिइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij