Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

  • काठमाडौँ । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको आज मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आफ्नै घर पछाडि रहेको चापाकलबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार मिथलेसिया देवीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । शव रहेको घटनास्थलको मुचुल्कापछि परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट