Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।
जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंको भद्रकाली घर भएका गणेश कार्की छन्। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
शनिबार दिउँसो सुकेधारामा एक महिलामाथि लुटपाट भएको थियो। उनको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।
सो घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो। अर्का एकजनालाई भने साँझ जडीबुटीबाट गोली चलाएर पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका व्यक्ति ट्रमा सेन्टरमा उपचाररत छन् । उनको बायाँ खुट्टामा चोट लागेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij