Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

जुवातास खेलिरहेका ११ जना पक्राउ, २ लाख नगद बरामत

जुवातास खेलिरहेका ११ जना पक्राउ, २ लाख नगद बरामत

  • काठमाडौं । उदयपुरको सदरमुकाम गाईघाटमा भित्रभित्रै व्यावसायिक जुवातास मौलाउँदै गएको पाइएको छ। बेलाबेलामा प्रहरीले छापा मारेर सतर्क गराए पनि दिन दिनै जुवातास खेल्ने र खेलाउनेको व्यवसाय मौलाउँदै गएको हो।

    onlinepatrika
    Arghakhachi

    शनिबार साँझ उदयपुर प्रहरीले गाईघाट बजारबाट ११ जना जुवाडेलाई नगदसहित नियन्त्रणमा लिएको छ। एक स्थानीयको घरमा लुकिछिपी जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले त्रियुगा नगरपालिका १२ फुलचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    AGNI GROUP

    जिल्ला प्रहरी निरीक्षक विष्णु खड्का कमान्डको टोलीले स्थानीय महेन्द्र चौधरीको घरमा छापा हान्दा नगद १ लाख ८२ हजार ३ सय ८२ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय चौधरीसहित ५२ वर्षीय चिरन राई, ३४ वर्षीय जितन राई, २८ वर्षीय तिलक राई, ३५ वर्षीय जगदीश राई, ३३ वर्षीय नविन तामाङ, ५४ वर्षीय बसन्त राई, ६२ वर्षीय नारायण पौडेल, ५१ वर्षीय रविन्द्र राई, ५४ वर्षीय हेमन्त राई र २८ वर्षीय रुद्रबहादुर परियार रहेका छन्।

    जुवा खालबाट १६ वटा कौडा, ११ थान मोबाइल फोन र ५ थान मोटरसाइकलसमेत बरामद भएको निमित्त सूचना अधिकारीसमेत रहेका इन्स्पेक्टर खड्काले बताए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भएको छ।

    जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईँले पक्राउ परेकाहरूलाई जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए। जुवा ऐन अनुसार कौडा खेलिरहेको अवस्थामा रंगे हात पक्राउ पर्नेहरूमाथि ३ महिना कैद तथा जरिवाना र घटनास्थलबाट बरामद नगद भुस (फिर्ता नहुने) कानुनी प्रावधान मुताबिक कारबाही हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट