Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीले यस्तो जवाफ दिनुहुन्छ भन्ने थाहा भएको भए प्रश्न नै सोध्ने थिइन: आरेन राई

प्रधानमन्त्रीले यस्तो जवाफ दिनुहुन्छ भन्ने थाहा भएको भए प्रश्न नै सोध्ने थिइन: आरेन राई

  • काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सीमा बारे यस्तो जवाफ दिने आफुलाई लागेको भए त्यस्तो प्रश्न नै नसोध्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले आफूले हिजो प्रश्न सोधेकोप्रति आत्मग्लानि प्रकट गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाएर मात्र नपुग्ने र प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने माग गरेका छन् ।

    AGNI GROUP

    उनले भने-’यदि यस्तो भ्रामक र तथ्यहीन जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने लागेको भए म त्यो प्रश्न सोध्ने थिइनँ । मलाई आत्मग्लानि भइरहेको छ ।’

    राईले आइतबारको बैठकमा सोधेको लिपुलेक लिम्पियाधुरा सम्बन्धी प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति विवादित बनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट