Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?

  • काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    AGNI GROUP

    आज दिउँसो  देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । मधेश  प्रदेशमा तथा  कोशी प्रदेशको तराईमा तातो दिन  हुने सम्भावना रहेको छ।

    आज राति देशको हिमाली भूभागमा साधारणतया बादल,  पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहने छ।  कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा  हल्का वर्षातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट