Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिमा नेकपाले माग्यो रास्वपाको धारणा

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिमा नेकपाले माग्यो रास्वपाको धारणा

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिमा रास्वपाको धारणा मागेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यस विषयमा रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए।

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहज्युले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो? यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ। हामीले हिजो राखे जस्तै यो नेपालको रेकर्डबाट, हाम्रो रेकर्डबाट प्रधानमन्त्रीज्यूको उक्त भनाइ हटाउनुपर्छ।’

    AGNI GROUP

    प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील र गम्भीर विषय भएकाले उच्च स्तरीय राजनीतिक छलफल गरेर निकास निकाल्न सभामुखलाई आग्रह गरे। उनले आफ्नो गल्ती सच्च्याउन प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट