Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

चिया उद्योग संकटमा, सरकारले बेवास्ता गरेको आरोप

चिया उद्योग संकटमा, सरकारले बेवास्ता गरेको आरोप

  • काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याए पनि सरकारले त्यसको समस्या समाधानमा ध्यान नदिएको आरोप लगाएका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भारतले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण इलामका ८३ वटा चिया उद्योग तीन दिनदेखि बन्द भएको बताए। गुणस्तर परीक्षण रिपोर्ट आउन दुई साताभन्दा बढी समय लाग्ने र रिपोर्ट नआएसम्म चिया बिक्री गर्न नपाइने व्यवस्थाले उद्योगी र किसान मारमा परेको उनको भनाइ छ।

    AGNI GROUP

    उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चियापत्ती खेर गएको, मजदुरको रोजगारी गुमेको तथा उद्यमीहरू बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

    राईले तत्काल कूटनीतिक पहलमार्फत चिया निर्यात खुलाउन, नेपालमै चिया परीक्षण प्रयोगशाला स्थापना गर्न र तेस्रो मुलुकमा चियाको बजार विस्तार गर्न सरकारसँग माग गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट