Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

हिमाली, पहाडी र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा

हिमाली, पहाडी र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा

  • काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका केही स्थानमा मनसुनी वायु तथा अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ।

    onlinepatrika
    Arghakhachi

    आज कोशी प्रदेशका हिमाली, पहाडी र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    AGNI GROUP

    यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij