Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मान्छे बेच्ने चौधरीलाई बसपार्कबाट च्याप्पै

मान्छे बेच्ने चौधरीलाई बसपार्कबाट च्याप्पै

  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त मोरङका २९ वर्षीय राज चौधरी भन्ने राजेश कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले ४ जना महिलालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले भारतबाट श्रीलंका हुँदै कुवेत पुर्‍याई बेचबिखन गर्ने उद्देश्यले नेपालगंजको रुपेडिया नाकाबाट भारतको दिल्ली पुर्‍याई १५ दिनसम्म बन्धक बनाई राखी शारीरिक र मानसिक शोषण गरी राखेको खुल्न आएको छ । पीडितहरु कोही नभएको मौका पारी भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगी शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा नेपाल फिर्ता भए पश्‍चात उनीहरुले दिएको जाहेरीको आधारमा माचन वेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त चौधरीलाई काठमाडौं गोंगबुस्थित नयाँबसपार्कबाट पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट