Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

मोरङ घटना : मृत्यु स्वभाविक नभएर हत्या नै

मोरङ घटना : मृत्यु स्वभाविक नभएर हत्या नै

  • मोरङ ।  मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ ।साथीसँगै सुतेका उर्लाबारी नगरपालिका–५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई हत्या भएको हुनसक्ने जनाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।

    images
    images
    images

    मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरेपछि प्रहरीले घटनाका सम्बन्धमा गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले आज पत्रकार सम्मेलनमा जानकारी दिए ।

    images

    उनले घटनाको छानविनमा केही ढिलाइ भए पनि दोषी उम्कन नदिने दाबी गर्दै पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमीकमजोरीका विषयमा पनि छानविन भइरहेको धारणा राखे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij