Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित ३ जना पक्राउ

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित ३ जना पक्राउ

  • काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका-१४ कुलेश्वर बस्ने नुवाकोट बिदुर नगरपालिका १३ का ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारत बिहार का ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।

    images
    images
    images

    उनीहरुलाई हिजाे (आइतवार) दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij