Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

नेपालको पूरानो बियर ‘आइसबर्ग’ नयाँ स्वादका साथ बजारमा

नेपालको पूरानो बियर ‘आइसबर्ग’ नयाँ स्वादका साथ बजारमा

  • काठमाडौं । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आजबाट पुनः नयाँ स्वादका साथ बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा आएको हो ।

    images
    images
    images

    तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब नयाँ स्वादका साथ बजारमा आएकाले उपभोक्ताले फरक स्वादको अनुभूति गर्ने सिजी होल्डिङ्सको दाबी छ । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो । 

    images

    हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भएपनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो । यसको ६५० एम।एल।को बोतलको मूल्य २८५ रुपैयाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ । 

    कम्पनीले आज एक कार्यक्रमको आयोजना गरी आइसबर्गको लन्च गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij