
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । धादिङ्ग उत्तरी भेगस्थित सल्यानटारमा सडकमा गुडिरहेको एक्स्काभेटरले घाँस बोकेर आएकी एउटी महिलालाई ठक्कर दिएपछि खाल्डोमा पर्ने बित्तिक्कै माटोले पुरिदिएको छ । घाइते महिलालाई उद्धारको सट्टा उल्टै वरिपरिबाट माटो बटुलेर पुरेपछि स्थानीय ४५ बर्षिया सरस्वती कुमालको ज्यान गएको हो । सडक निर्माण क्रममा मार्ग अवरुद्ध भएपछि एक्स्काभेटरको गतिबिधि हेरिरहेको यात्रुवाहक बसका यात्रुले महिलालाई जिउँदै पुरेको देखेका थिए । स्थानीय र बसका यात्रुले महिलालाई जिउँदै पुरेको भनेर हल्ला गरेपछि एक्स्काभेटर चालक तत्काल फरार भए । पछि स्थानीयले खोस्रेर महिलालाई निकाल्दा ज्यान गइसकेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij