
Aug 15 2025 | २०८२, साउन ३० गते
ललितपुर । ललितपुरको एकान्तकुनामा आज (बुधवार) बिहान जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरकै बागडोलमा बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन् ।
बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स १ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै पाटन अस्पताल लगिएकी उनको अस्पतालमै मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij