Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

ताप्लेजुङ आगलागीमा भएको क्षति विवरण संकलन शुरु

ताप्लेजुङ आगलागीमा भएको क्षति विवरण संकलन शुरु

  • ताप्लेजुङ । मेरिङन गाउँपालिका, दोभान बजारमा भएको आगलागीको क्षति विवरण संकलन शुरु भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्नका लागि गाउँपालिकाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरेको गाउँपालिका—३ का वडाध्यक्ष गरेणशप्रसाद भण्डारीले बताए ।

    images
    images
    images

    उनले भने, “गाउँपालिकाले विवरण संकलन गर्न समितिलाई जिम्मा दिएका छौँ । कहिले सम्ममा क्षतिको विवरण सर्वजानिक गर्नहुन्छ ।” विवरण सर्वजनिक नभएसम्म आगलागी भएको बजारमा अनावश्यक प्रवेश निषेध गरिएको भण्डारीले जानकारी दिए ।

    images

    ११ बजेबाट विवरण संकलन कार्य भइरहेको विवरण संकलन समिति संयोजक तथा मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । उनले भने, “हामी क्षति विवरण संकलन समिति संकलनमा लागिपरेका छौँ । बेलुकीको ५ बजेसम्ममा सम्पूर्ण क्षतिको विवरण सर्वजनिक गर्छौं”, आगलागी विस्थापित परिवारलाई मेरिङदेन गाउँपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद राहत मंगलवार बेलुका नै वितरण गुर्नभएको वडाध्यक्ष गणेशप्रसाद भण्डारीले बताए ।

    त्यस्तै नेपाल रेडक्रस ताप्लेजुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङले खाद्यान तथा कपडा वितरण गरेको भण्डारीले जानकारी दिए । विस्थापित परिवार नजीकको छिमेकीमा बस्ने व्यवस्था मिलाएर बसेको भण्डारीले जानकारी दिए । अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको ताप्लेजुङ प्रहरी कार्यालय प्रमुख बालरनसिंह राणाले जानकारी दिए । आगलागीबाट ५० घर जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij