
Aug 16 2025 | २०८२, साउन ३१ गते
कुष्णबहादुर बोहरालाई अण्डकोषमा हम्मर हानेर घाइते बनाएर हत्या गरेकी थिइन् ।
काठमाडौ । गोंगबु हत्या घटनाकी अभियुक्त कल्पना मुडभरीलाई आजीवन कारावास सजाय सुनाइएको छ । मुडभरीको हकमा जन्मकैद सजाय हुनेमा अत्यन्त क्रुर वा निर्ममतापूर्वक ज्यान मारेकोले सोही संहिताको दफा ४१ बमोजिम जीवित रहेसम्म कैद हुने भनिएको छ । मुडभरीले गत २५ साउनमा दाङका कुष्णबहादुर बोहरालाई अण्डकोषमा हम्मर हानेर घाइते बनाएर हत्या गरेकी थिइन् । हत्यापछि सुटकेशमा राखेर उनले छोरीको सहायतामा शव फालेकी थिइन् । छोरीलाई भने सुटकेस बोकाउन सहयोग गरेको भनेपछि अदालतले सफाई दिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij