Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

पश्चिमी वायुको प्रभाव : पानी पर्ने सम्भावना

पश्चिमी वायुको प्रभाव : पानी पर्ने सम्भावना

  • काठमाडौं । पश्चिमी वायुको प्रभावले आज (बिहीवार) देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए । उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिवारसम्म रहने छ ।

    images
    images
    images

    हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रवार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij