Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

१७ वर्षीया किशोरी १२ दिनदेखि सम्पर्कविहीन

१७ वर्षीया किशोरी १२ दिनदेखि सम्पर्कविहीन

  • तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिए । “घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो”, उनले भने, “घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।”

    images
    images
    images

    बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताए । उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उनले बताए ।

    images

    उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ । गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij