Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । जबर्जस्ती करणी मुद्दाका जाहेरवालाले अदालती प्रक्रियामा बयान बदले कठोर सजाय हुने भएको छ । ऐन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन गर्न जारी अध्यादेशले झुठा उजुरी तथा बकपत्र गर्ने दुवैलाई सजायको व्यवस्था गरेको हो । अध्यादेश अनुसार यस्ता उजुरीकर्ता तथा बकपत्र गर्ने व्यक्तिलाई कसुरदारलाई हुने न्यूनतम सजायको आधा दण्ड हुनेछ ।
अध्यादेशले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ मा संशोधन गर्दै सजायको व्यवस्था थप गरेको हो । अध्यादेशले दफा ४४ को खण्ड ९क० पछि थप व्यवस्था गर्दै झुठा उजुरी तथा बकपत्र गर्नेलाई सजायको बाधा नपर्ने व्यवस्था गरेको हो ।अध्यादेशमा कारबाहीका लागि बाधा नपर्ने सम्बन्धी व्यवस्था थप्दै भनिएको छ, ‘‘खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए पनि जबर्जस्ती करणी सम्बन्धी मुद्दाको झुठा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबर्जस्ती करणी सम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने सजायको आधा गर्नु । ’’
यसअघि पनि दफा ४४ मा सरकारवादी हुने फौजदारी मुद्दामा उजुरी दिने तथा बकपत्र गर्ने व्यक्तिले आफ्नो व्यहोरा फेरेमा बढीमा तीन महिनासम्म कैद वा पाँच हजार रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको थियो तर जबर्जस्ती करणी मुद्दाका जाहेरवाला र बकपत्र गर्ने व्यक्तिले उजुरी गरे बापत कुनै पनि सजाय नहुने व्यवस्था थियो तर अध्यादेशले जबर्जस्ती करणका हकमा भने उजुरी गर्ने र बकपत्र गर्नेले झुठा विवरण दिए वा लेखाएमा सजायको व्यवस्था गरेको हो । झुठा जाहेरी र अदालतमा बयानका क्रममा बोली फेर्ने क्रम बढेको भन्दै यस सम्बन्धी कानुन बनाउन माग भइरहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij