Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरीको सफल अपेरेसन ः रिक्सामा छुटेको रु सात लाख ४० हजार फिर्ता

प्रहरीको सफल अपेरेसन ः रिक्सामा छुटेको रु सात लाख ४० हजार फिर्ता

  • नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

    AGNI GROUP

    उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएका थिए । पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे१ह ५०१९ नंको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको हो ।

    प्रहरीले रिक्साचालक बर्मालाई सम्पर्क गरी रकमसहितको झोला मगाएको थियो । झोला बोकेर प्रहरी कार्यालय पुगेका  बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गर्नुभएको हो । प्रविधिको प्रयोगबाट नगदसहितको झोला हराएको केहीबेरमै फेला पार्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक रानाले बताए ।

    यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका अभियुक्तलाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ । सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका बाँकेको नरैनापुर गाउँपालिका–२ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

    उनका अनुसार शर्माले विसं २०६६ कात्तिक २७ गते राति साविकको कालाफाँटा गाविस–३ हाल नरैनापुर गाउँपालिका–३ निवासी सात वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेका थिए । उनलाई जिल्ला अदालत बाँकेले विसं २०६८ असार ३१ गतेको १० वर्ष कैद सजायको आदेश सुनाएको थियो ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट