Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

लेले दुर्घटना अपडेट : डीआईजीको नेतृत्वमा छानविन समिति गठन

लेले दुर्घटना अपडेट : डीआईजीको नेतृत्वमा छानविन समिति गठन

  • ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–५ लेले स्थित खत्रीगाउँमा पजेरो दुर्घटनाबारे छानविन गर्न डीआईजी उमेश रन्जितकारको नेतृत्वमा छानविन समिति गठन गरेको छ । दुर्घटनामा परी प्रहरी जवान रवि सुनुवारको मृत्यु भयो भने सो दुर्घटनामा महानगरीय प्रहरी प्रभाग फर्सिडोलका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) दिनेश मैनाली घाइते भए । मैनालीको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनाबारे छानविन गर्न डीआईजी उमेश रन्जितकारको नेतृत्वमा छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले बताए । समितिमा महानगरीय प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरी र डिएसपी भावेश रिमाल सदस्य छन् । 

    images
    images
    images

    उनीहरु सवार बा।२च ५९४९ नम्बरको पजेरो उकालो चढ्न नसकेपछि पल्टिएको थियो । जवान रवि सुनुवारको शव उनको स्थायी घर बर्दियामा पठाइएको छ । त्यहाँ बिहीबार प्रहरी सम्मानका साथ उनको अन्त्येष्टि गरिँदै छ । सई मैनाली नुवाकोटका हुन् । उनी लामो समयदेखि फर्सिडोल प्रभागमा इन्चार्ज छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij