Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मकपानपुरमा ६० वर्षमाथिका पत्रकारलाई ४००० भत्ता दिइने,

मकपानपुरमा ६० वर्षमाथिका पत्रकारलाई ४००० भत्ता दिइने,

  • मकवानपुर — नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० वर्षमाथिका सञ्चारकर्मीलाई मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाएका ६० वर्षमाथिका मकवानपुर जिल्लाका पत्रकारलाई ‘पेन्सन’ बापत मासिक नगद चार हजार रुपैयाँ प्रदान गरिने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    महासंघको बुधबार बसेको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधि, २०७७ को पास गर्दै आगामी महिनाबाट पेन्सन दिने तयारी गरेको महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले जानकारी दिए । उनका अनुसार भत्ता दिनका लागि अक्षय कोष स्थापना गरिएको छ । ‘१२ लाख रुपैयाँ अक्षय कोषमा जम्मा भइसकेको छ । हामी सरकारी तथा गैरसकारी क्षेत्रसँग सहकार्य गरेर कोषमा रकम वृद्धि गर्नेछौं,’ अध्यक्ष हुमागाईंले भने,‘अक्षय कोषमा रकम बढेसँगै भत्ता पनि बढ्नेछ ।’

    AGNI GROUP

    महासंघ मकवानपुरले पत्रकार उपचार कोष समेत सञ्चालन गरिरहेको छ भने शाखा सदस्यहरुको दुर्घटना बिमा समेत गरेको छ । महासंघ मकवानपुरमा १६५ जना सदस्य रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट