Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हत्याको अभियोगममा १३ वर्ष पछि महिला पक्राउ

हत्याको अभियोगममा १३ वर्ष पछि महिला पक्राउ

  • काठमाडौं । हत्यामा संग्लनता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 
    जिल्लाको दोर्दी गाउँपालिका– ६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।
     
    उनका अनुसार विसं २०६४ वैशाख १५ गते बिहान सोही वडामा बस्ने २५ वर्षीय पिचौटी गुरुङ घाँस काट्न जङ्गल गएका बेला पदमीको समूहसँग वादविवाद हुँदा पदमीलेसमेत ढुङ्गा तथा दाउरा प्रहार गरी हत्या गरी फरार रहँदै आएकी  थिइन् । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला अदालतले नौ वर्ष छ महिला २१ दिन कैद सजाय तोकेको समयदेखि नै फरार रहँदै वैदेशिक रोजगारमा गएको र उक्त स्थानबाट आएपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । फरार महिलालाई जिल्ला अदालत लगेर आज नै जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट