
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको टिपर राति ९ बजे दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा टिपरका चालक मकवानपुरको भिमफेदी–२ का २५ वर्षीय विनोद बलको मृत्यु भएको हो । टिपर करिब ६ सय मिटर तल खसेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij