
Aug 16 2025 | २०८२, साउन ३१ गते
‘अभियुक्तले हामीसँग आफू सिकार खेल्न गएको र झाडीमा मृगको जस्तो आवाज आएको आधारमा बन्दुक हानेको बताएका छन् ।’
गुल्मी । घाँस काट्न गएका व्यक्तिको गोली हानी हत्या गरेको घटनामा संलग्न व्यक्तिलाई गुल्मी प्रहरीले ५७ दिनपछि पक्राउ गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका १ ओरेवा खोलामा घाँस काट्न गएका रेसुङ्गा नगरपालिका १४ का तुलबहादुर विश्वकर्मालाई गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई घटनाको ५७ दिनपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीदरबार गाउँपालिका १ का ३१ वर्षीय पोम बहादुर घर्ती छन् । प्रहरीका अनुसार शिकार खेल्न गएका घर्तीले विकमाथि गोली हानेका थिए । अभियुक्त घर्तीले आफु सिकार खेल्न जंगल गएको समयमा दिउँसो करिब ३ बजे झाडीमा आएको आवाजका आधारमा बन्दुक चलाएको प्रहरीसँग बयानमा बताएका छन् ।
‘हामीले घटना घटेको ५७ दिनपछि अभियुक्त पक्राउ गरी सार्वजानिक गर्न सफल भएका छौँ,’ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले भने,‘अभियुक्तले हामीसँग आफू सिकार खेल्न गएको र झाडीमा मृगको जस्तो आवाज आएको आधारमा बन्दुक हानेको बताएका छन् ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij