
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौँ । आजकल मानिसहरू जे खानेकुरा पनि फ्रीजमा राख्न थालेका छन् । खानेकुराहरू फ्रीजमा राख्दा ताजा बस्छ भनेर प्राय सबै खानेकुरा फ्रीजमा राख्छन् । तर फ्रीजले खानेकुराको स्वाद बिगारिदिन पनि सक्छ । तर फ्रीजमा सबै किसिमका खानेकुरा राख्नु हुँदैन । तपाईंको फ्रीजमा यी खानेकुरा छन् भने तुरुन्त निकालिहाल्नुस् ।
पाउरोटी :पाउरोटी फ्रीजमा राख्दा ताजा बस्ला भन्ने हामीलाई लाग्छ तर खासमा त्यो त्यहाँ सुक्छ । त्यसलाई ब्रेड बक्स वा भान्साको दराजमा राख्नुस् ।
लसुन :फ्रीजमा लसुन राख्दा त्यसको स्वाद घट्छ र अरू सबै कुरामा लसुनकै गन्ध आउँछ ।
आलु :चिसोले आलुको स्टार्चलाई चिनी बनाइदिन्छ जसका कारण आलुको प्राकृतिक स्वाद हराउँछ ।
गोलभेंडा: फ्रीजमा गोलभेंडा राख्दा त्यो गिलो हुन्छ र स्वाद हराउँछ ।
प्याज: फ्रीजमा प्याजको पनि स्वाद बिग्रन्छ ।
मह:फ्रीजबाहिर नै महको दीर्घजीवन हुन्छ । त्यसलाई फ्रीजमा राख्दा त्यो क्रिस्टल बन्छ र फैलाउन मिल्दैन । फ्रीजमा राखेर मह नबिगार्नुस् ।
नकाटिएको खरबुजा:सग्लो खरबुजालाई फ्रीजमा राख्दा एन्टीअक्सिडेन्टहरू हराउँछन् । खरबुजाका गुणहरूलाई जीवित राख्न चाहनुहुन्छ भने फ्रीजमा नराख्नुस् ।
स्याउ:स्याउलाई फ्रीजमा राख्नुभन्दा बाहिर नै छायाँ परेको ठाउँमा राख्दा राम्रो र स्वादिलो हुन्छ ।
बेकरी आइटमहरू, भित्र कोया भएका फलफूल, केरा र तेल पनि फ्रीजमा राख्नुहुँदैन । एजेन्सी
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij