Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

फागुन महिनामा एउटा मरे तीन गैँडा र एउटा बाघ

फागुन महिनामा एउटा मरे तीन गैँडा र एउटा बाघ

  • काठमाडौ ।  चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन  गैँडा तथा एकएक बाघ र हात्ती  मरेका छन् । निकुञ्ज क्षेत्रमा १५  चित्तल, दुुई घोरल तथा एकएक बँदेल र रतुवाको कालगति  तथा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सेनाले जनाएको छ । सो अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एकएक निर बिरालो, घोरल र  सेतो बाँदर तथा  शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए । 

    images
    images
    images

    बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक लङ्गुर र दुुई बँदेल मृतावस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच चित्तल, दुई–दुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकएक रतुवा र  चरी बाघ सवारी साधनको ठक्कर र जङ्गली कुकुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुई हरिण पनि फागुनमा मरेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij