Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

ओखलढुंगाको चिसङ्खुगढीमा भीषण आगलागी,आगो नियन्त्रण बाहिर

ओखलढुंगाको चिसङ्खुगढीमा भीषण आगलागी,आगो नियन्त्रण बाहिर

  • काठमाडौं । ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका ४ मा रहेको जङ्गलमा मंगलबार रातिदेखि भीषण आगलागी भएको छ । बस्ती छेउमा रहेको जङ्गलमा आगलागी भएपछि स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । मंगलबाररातिबाट लागेको बुधबार बिहानसम्म पनि स्थानीय प्रहरी टोलीले नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको छ  ।  जङ्गलमा आगलागी भएकाले स्याउलाले निभाउने प्रयास भइरहेको छ । मंगलबार रातिबाट आगलागी शुरु भएको थियो । आगलागी भएको स्थानमा दमकल जानसक्दैन्, पानीको अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास भइरहेको ओखलढुङ्गाकी प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij