
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । खमौरास्थित जंगलमा मंगलबार साँझ जुवा खेलिरहेको अबस्थमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक पुष्कर भट्ट, धनगढी उपमहानगरपालिका–३ का डबल चन्द, बालकृष्ण पनेरु, गोदावरी नगरपालिका–५ का टेकबहादुर बिष्ट र भिमदत्त नगरपालिका–४ कञ्चनपुरका सन्तोष चन्द रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij