Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

ढोरपाटन शिकार आरक्षको जंगलमा आगलागी

ढोरपाटन शिकार आरक्षको जंगलमा आगलागी

  • बागलुङ । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जंगलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जंगलमा आगलागी भएको हो । सोमवारदेखि लागेको आगलागी मंगलवार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिए । आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ ।

    images
    images
    images

    समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij