
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-४ मा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । विदुर नगरपालिका-४ स्थित रन्जी शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा बेलकोटगढी नगरपालिका-१३ बस्ने ३९ वर्षीय शम्भु अधिकारी समेत ८ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख १८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij