
Aug 16 2025 | २०८२, साउन ३१ गते
झापा । झापाका तीन छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।बिहीवार साँझ साढे ५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागूऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो । त्यस्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका ९११ बसपार्कबाट पक्राउ गरिएको हो । यस्तै लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ बाट बिहीवार साँझ ७ बजे ३ जनालाई लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका ९१५ का ३० बर्षीय कुमोलाल राजवंशी,२४ बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका९१० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij