
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । पूर्वी चितवनको कालिका नगरपालिकामा आज (शुक्रवार) बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज दिउँसो ११ः५ बजे मृत्यु भएको हो ।
स्कुटरलाई ठक्कर दिने ट्रयाक्टर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान आज १०ः४० बजे भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij