
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ। अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतको नेतृत्वको टोली प्रहरी टोली घटनास्थल पुगिसकेको छ । प्रहरीले घटनास्थलबाट विषका बट्टाहरू पनि फेला पारेको छ । ‘शव सग्लै छ । हत्या वा आत्महत्या के हो भनिहाल्न सक्ने अवस्था छैन । एसपी बस्नेतले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij