Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

महिलालाई जिउँदै डोजरले पुरेर फरार चालक पक्राउ

महिलालाई जिउँदै डोजरले पुरेर फरार चालक पक्राउ

  • काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । ब्युरोले यस विषयमा सार्वजनिक गर्न शुक्रबार(आज) दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । पक्राउ परेका व्यक्तिलाई धादिङ बुझाएर ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ । खोल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।

    images
    images
    images

    सल्यानटार–आरुघाट सडकखण्डमा चल्ने एक बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij